कृषिमा नया“ प्रविधि आवश्यक छ

धान दिवस असार १५ अर्थात राष्ट्रिय धान दिवस बुधवार विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । ‘मुठी खाएर मुरी उब्जाउने” महिनाको मध्य अर्थात असार १५ गतेका दिन नेपालभर धान दिवसका नामले मनाउने चलन रहेको छ । नेपालमा २०६१ सालबाट असार १५ अर्थात धान दिवस मनाउने सुरु गरिएको थियो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन । असार १५ अर्थात धान दिवसका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला” जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ ।
यसरी नेपालममा असार १५ लाई धान दिवसको रुपमा मनाउन सुरु गरेको १३ वर्ष वितिसक्दा समेत नेपालका धेरै जसो स्थानहरुमा धान रोप्नको लागि पुर्खाहरुले गर्दै आइरहेको विधि लाई सिको गर्दै आइरहेका छौ ।
धान उत्पादनलाई बृद्धिगर्नको लागी नेपालमा पनि नयाँ प्रविधि भित्र्याउन आवश्यक देखिएको छ । नयाँ भित्र्याउन सकेको खण्डमा उत्पादनमा बृद्धी हुनुका साथै खाद्यन्नमा हुने परनिर्भता मा कमी आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार